Sunday, December 6, 2009

मनको कुरा

डील्लीराम डाँगी

मनको कुरा भन्दिन भन्छ्यौ
ब्यर्थमा तगारो बन्दिन भन्छ्यौ

जीवनमा कठिनाइँ झेल्न बिर्सी
भिरको बाटो खन्दिन भन्छ्यौ

सफलताको मिठो कथा नकोर्दै
आकासका तारा गन्दिन भन्छ्यौ

सँगै यात्रा गर्ने रहरहरु मारेर
प्रेमको रथ तान्दिन भन्छ्यौ