Wednesday, August 12, 2009

मास्टर

राजेन्द्रप्रसाद अधिकारी
काटे
कुटे
मारे
थुके
थुने
सक्नेले जे गरे पनि हुने
आहा ! कति राम्रो रोबोट !!!

Saturday, August 8, 2009

आमा तिम्रा सन्तानहरु

नारायण रेग्मी
आमा तिम्रा सन्तानहरु मरे चोकै चोकमा
साक्क सुक्क कनि आँसु झरे शोकै शोकमा

मनामुरी फलाउने जग्गा छैन आज
चिहिल विहिल सडकभरि मरे भोकै भौकमा

चाहे हिमाल चाहे पहाड जहाँ जन्मे पनि
मान्छॆले नै मान्छे खालान् परे झोकै झोकमा

आँखामा पैसै पैसा सिउरी खेलेपछि
दुई मुठी सास गुमाउँदै मरे लोकै लोकमा

मान्छेले नै मान्छे मार्नु सामान्य भो किन
चाहिदैन कुनै कारण मरे ठोकै ठोकमा

Monday, August 3, 2009

परेवाहरु

नदीश
परेवाहरु
निर्दोष कीराहरु ज्यूँदै निल्ने
हत्याराहरु हुन्

परेवाहरु
अरुकै घरभित्र रजाइँ गरी बस्ने
सामन्तहरु हुन्

परेवाहरु
मानिसका तालुमा निसंकोच विष्ट्याउने
असभ्यहरु हुन्

परेवाहरु
खुल्लम-खुल्ला यौनक्रीडामा मस्त रहने
सांस्कृतिक विकृतिहरु हुन्

आऊ
शान्तिप्रेमी सभ्य महानागरिकहरु
एक-एक गर्दैसम्पूर्ण परेवाहरु मारौँ ।

स्वप्न परी

राजकुमार महर्जन
जब हुन्छु म तिमीबाट टाढा
लाग्न थाल्दछ बिरानो सारा
लाग्दछ हैनन् यी साथीभाइ मेरा
हौ तिमी मात्र एक सहारा

हिमालयकी छोरी गुराँस झै हँसिली
वसन्तको बर्षात झै छौ रसिली
हे पि्रय मेरी तिमी हौ कादम्बिनी
तिमी नै हौ मेरी कोमल सरोजनी

तिम्रो रुप र लावण्यको वर्णन गरुँ कसरी
म प्रेमी तिम्रो भएको छु आज पागलसरी
सम्हाल हे सुन्दरी तिम्रा ती आँचल
गर्जिरहेछ आकाश त्यो विना बादल

अुखा तिम्रा छन ती बदाम बैजनी
धरतीमा परेको प्रथम रश्मिनी
तिम्रो समीपबाट गुज्रदा रोकिन्छ वायुको गित
तिम्रो सामु झुक्छिन् कामदेवकी रति

तिमी सामु पर्दा भन्न केही नसकी
कति रात बिताए गगनका नक्षत्र गनी
तिमीलाई नसम्झेको छैन कुनै दिन
तिमीलाई पुकारिरहेछ हर धड्कन

Sunday, August 2, 2009

रङ्गमंचमा रोबोट

नाकिमा
जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो-
शिरमा श्रीपेच ।

रिमोटकोदोस्रो बटन थिचियो
र रोबोटले बोक्यो-
पिठ्यूँमा बुट ।

रिमोटको
तेस्रो बटन थिचियो
र रोबोटले गायो-
'हमारा भारत महान् ।'

आतुर छन् दर्शकहरु
कहिले पड्किएला ?
स्टेजमा एम्बुस ।